१२ श्रावण २०८१, शनिबार
Logo

हराएको मोटर साईकल फेला पारी सम्बन्धीत ब्यक्तीलाई नै प्रदान

बिभिन्न मितीमा मोटरसाईकल हराएको र खोजतलास गरि दिन भनि मोटर साईकल धनिले जिल्ला प्रहरी कार्यालय नुवाकोटममा आएको उजुरीको आधारमा खोज तलासी गर्ने क्रममा फेला पारी सम्बन्धीत ब्यक्तीलाई नै प्रदान गरिएको छ ।

नुवाकोटबाट खटिएका प्रहरी कर्मचारीहरुले खोजतलास गर्नेक्रमा फेला पारेको मोटरसाईकल शुक्रबार सम्बन्धित मोटरसाईलकका धनिलाई फिर्ता गराएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले ले जानकारी दिनु भयो । बा ९९ प १७२८ नं को १५० सि।सि।को पलसर मोटरसाईकल र बा ८९ प २१०१ न२२० सिसिको पलसर मोटरसाईकल सम्बन्धीत ब्यक्तीलाई बुझाएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्