१२ श्रावण २०८१, शनिबार
Logo

गल्छि–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजनालाई सर्वाेच्चको आदेश

गल्छि–त्रिशुली–बेत्रावती–मैलुङ्ग सडक आयोजनालाई काम रोक्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायधिश सुष्मालता माथेमाको एकल ईजलासले आयोजनालाई आगामी २६ गते मंगलबारसम्म काम रोक्न आदेश गरेको हो ।

विदुर नगरपालिका वडा नम्बर १० का स्थानिय नारायणप्रसाद प्याकुरेलले आफुहरुलाई सडक आयोजनाले मुअब्जा वितरणमा न्यायोचित रुपमा वितरण नगरेको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।

अदालतले आगामी मंगलबार सडक प्रभावितहरु, सडक आयोजनालाई छलफलको लागि बोलाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

सडक प्रभावितहरुले मुद्धा दायर गर्दा अन्तिरम आदेश माग गरेकोले २६ गतेसम्मको लागि सर्वाेच्च अदालतको नियमावलि २०७४ को नियम ४९ को २ ख बमोजिम अन्तिरिम आदेश दिएको सर्वाेच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्