१२ श्रावण २०८१, शनिबार
Logo

रौतहट बम काण्ड : आलमविरुद्ध ३ वटा कसुरमा मुद्दा दायर

रौतहट – रौतहट बम विस्फोटको घटनामा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत रौतहटमा विभिन्न तीन वटा कसुरमा मुद्दा दायर गरेको हो । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको कसुरमा सजाय माग दाबीसहित मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा आलमले दर्जनबढी व्यक्तिलाई ज्यूँदै इँटाभट्टामा हालेर मारेको अभियोग छ । सरकारी वकिल कार्यालयले सोमबार मुद्दा दायर गरेसँगै अब मंगलबारबाट मात्रै थुनछेक बहस चल्ने अदालतले जनाएको छ ।

आलमसहित १० जनाविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालयलका अधिवक्ता खणिन्द्र कटुवालले जानकारी दिनुभयो । अदालतमा दायर भएको अभियोग पत्रमा आलमलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग छ ।
 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्