१२ श्रावण २०८१, शनिबार
Logo

नेकपाले गर्‍यो प्रदेश प्रमुखको नाम सिफारिस,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले सात जना प्रदेश प्रमुखको नाम सिफारिस गरेको हो  । 

प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन् । 

केहिबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने समेत जनाइएको छ । 

Shivapuri rural municipality awareness message jalapanews

यद्यपी सरकारले हिजो मात्रै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सात प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । भने, त्यसलाई राष्ट्रपति विद्यादेसी भण्डारीले स्विकृत गरेकी थिइन्

प्रतिक्रिया दिनुहोस्