३ नं प्रदेशको राजधानी नुवाकोट हुनु पर्ने माग -राप्रपा संयुक्त नुवाकोट
३ नं प्रदेशको राजधानी नुवाकोट हुनु पर्ने माग राख्दै राप्रपा संयुक्तले आज
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण प्रसाद पोखरेललाई ज्ञापन पत्र
बुझाएका छन् । नुवाकोट प्रदेशको राजधानी हुनको लागी उपयुक्त भएको ठहर
गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
प्रदेश राजधानी निर्माणका लागि
जिल्लाका पीपलटार, माझीटार, बट्टार, विदुर हुँदै ऐतिहासिक साततले दरबार
परिसरसम्म, देवीघाट, जिलिङ, रातमाटे हुँदै कोल्पुटारसम्म र ढिकुरे हुँदै
थानसिंहको समथरफाँटसम्म भौतिक संरचना निर्माण र शहरी विकास दुवैका लागि
पर्याप्त जग्गा छन् । निर्माणाधीन केन्द्रीय कारागार, स्टाफ कलेजका लागि
सम्भावित स्थान छनोटको तयारी, पूर्वराजपरिवारको नाममा रहेर हाल
राष्ट्रियकरण गरिएको २३२ रोपनी खुला जग्गा नयाँ शहर निर्माणको पर्याप्त
आधार
रहेको राप्रपा संयुक्तले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्