१२ श्रावण २०८१, शनिबार
Logo

‘चुनावी तिक्तता मेट्दै भाइचारा बढाउन’ कागतिहारका दिन तारुकामा चियापान हुने

नुवाकोटको तारुकामा चाडपर्वलक्षित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुँदै छ । शुभ दीपावली, नेपाल संवतको नयाँवर्ष ‘न्हु दँ’, छठ लगायत चाडपर्वका अवसरमा गौरा–पार्वती सामुदायिक स्वास्थ्य केन्द्र र स्थानीय महिला समूहरुको संयुक्त आयोजनामा विशेष लोकदोहोरी प्रस्तुतिसहितको कार्यक्रम हुन लागेको हो । नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महत, संघीय सांसद बहादुरसिंह लामा, नेकपा नुवाकोट जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हिरानाथ खतिवडा, नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी लगायतको सहभागिता रहने कार्यक्रमको संयोजन गरेका समाजसेवी पत्रकार शिव अधिकारी अविरलले बताए । उनका अनुसार, कात्तिक ९ गते तारकेश्वर–३ चन्दनीमा रहेको तारुका हिलसाइड इंग्लिस बोर्डिङ स्कुलको प्रा्रगणमा हुने कार्यक्रममा विशाल सभाका बीच शुभकामना आदन–प्रदान र लोकदोहोरीसहित चियापान गर्ने कार्यक्रम छ । कार्यक्रम मूल रुपमा सामाजिक अभियानकै हिस्सा भए पनि गएको तीन तहको निर्वाचनयता तारकेश्वरको राजनीतिक वृत्तमा देखिएको तिक्तता मेटाउँदै भाइचारा बढाउन समेत यो सहयोगी हुने उनको विश्वास छ । पत्रकार अधिकारीले लामो समयदेखि तारकेश्वरको शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा भौतिक विकास योजनाका साथै महिला, बालबालिका तथा दलित–उत्पीडित वर्गको सशक्तीकरणका क्षेत्रमा अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्