१२ श्रावण २०८१, शनिबार
Logo

गेर्खुटारबाट वडासदस्यसहित ४ जना पक्राउ

प्रहरीले विदुर नगरपालिका वडा नम्बर १० को शुभघाटबाट वडा सदस्यसहित ३ जनालाई पक्राउ गरेको छ ।

गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्र्तगत शुभघाटमा स्थानियबासीले अवरोध सिर्जना भएको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर १० का वडा सदस्य विष्णुप्रसाद प्याकुरेल, गल्छी–त्रिशुली सडक सरोकार समितिका संयोजक शिब बहादुर नेपाल,सचिव लेखनाथ रिजाल र सडक प्रभावित दुर्गा पौडेल रहेका छन ।

सडक योजनाले अव्यवहारिक रुपमा मुअब्जा दिने निर्णय गरेकोले स्थानियबासीहरुले सडक निर्माणमा अवरोध पुर्याएका छन । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रबसी–रसुवागढी सडक योजनाले गेर्खुखोलादेखि–बेत्रावतिसम्म १५–१५ मिटरभित्र पर्ने जग्गाको मात्र मुल्य निर्धारण गरेको छ । तर स्थानियबासीले सडक योजनाले गरेको मुल्याङकन अव्यवहारिक रहेको वताउँदै आएका छन ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्