१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

विकासका लागि जनता आफैले ले काम गर्नु पर्ने- सांसद लाेहनीकाे भनाई

सिताराम अधिकारी ,नमस्ते ग्रामिण विकास समाजको साधारण सभा तथा सामाजिक लेखा परिक्षण र भुम्ला खोला जल विधुत योजनाको उद्घाटन रुवीभ्याली गाउँपालिका कपुर गाँउमा आज सम्पन्न भएको छ । संघिय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संबिधान सभाका सदस्य धन बहादुर घले ,नेकपा जिल्ला सदस्य मिम्बा तामाङ ,सामाजिक अगुवा राम बहादुर तामाङ लगायतले कार्यक्रममा शुभकामना ब्यक्त गर्नु भयो ।जलविधुत योजनाको उद्घाटन गर्दै संघीय सांसद लोहनीले विकास जनताले नै गर्ने भएकोले नेतृत्वको मात्र मुख नताक्न आग्रह गर्नुभयो ।नेतृत्वले नितीगत रुपमा योजना निर्माण र योजना बाडफाडमा काम गर्ने र जनताले कार्यक्रमहरु कार्यन्वयन गर्ने भएकोले योजना गरिएका सबै काम गर्न जनतालाई आग्रह गर्नु भयो ।अब एक बर्ष भित्र लापाको ठुलो गाउँमा र दुई बर्ष भित्र लापाको कपुर गाउँसम्म सडक ल्याउने प्रतिबद्वता ब्यक्त गर्दै सांसद लोहनीले पर्यटन विकास, कृषि , पशुपालनमा बिशेष ध्यान दिएर योजनाहरु बनाएकोले कपुरगाउँमा विकास हुने बताउनु भयो ।पूर्व सांसद एवं संविधान सभा सदस्य धन बहादुर घलेले लापा र धादिङको उत्तरी क्षेत्र विकासका लागि आफु सांसद भएदेखि नै लागिपरेको बताउनु भयो ।नमस्ते ग्रामिण विकास समाजले लापामा आठ वटा बिधालयको ४८ वटा कक्षाकोठा निर्माण ,शौचालय तथा खानेपानीको ब्यवस्थापन लगायतको काम गर्दै आएको छ । यसै गरी भुम्ला खोला जलविधुत योजनाको निर्माण सकिएको छ ।३५० घर धुरीका लागि ४२ किलोवाट क्षमताको जलबिधुत योजना निर्माण गर्न करिब ३ करोड रुपैया खर्च भएको जल बिधुत योजनाका अध्यक्ष राम बहादुर तमाङ्ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्