१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

तीन दिनमा ३३० सवारी साधन कारबाहीमा, करिब २ लाख ,३७ हजार ५ सय रुपैया राजस्व संकलन

चाडपर्वको समयमा हुन सक्ने दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जेकजाँचलाई कडाइ गर्दै आएको छ ।
नुवाकोटमा सोमबारमात्र ८४ ओटा सवारीसाधन कारवाहीमा परेका छन । सवारी चेकजाचलाई निरन्तरता दिने क्रममा आज पनि ८४ वटा सवारी साधन कारबाहीमा परेका हुन् । उक्त सवारी साधनबाट ७०,हजार रुपैया राजस्व संकलन भएको नुवाकोट प्रहरीले जनाएको छ ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्लाको विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा दिनहु जसो सवारी साधन कार्यबाहीमा पर्न थालेका हुन् आईतबार मात्रै एकसय ३९ सवारीसाधन कारवाहीमा परेका थिए ।


जिल्ला ट्रफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने , यात्रुसँग बढी भाडा असुल्ने , सिट क्षमता भन्दा बढी यात्रु राखी यात्रा गराईएका वसलाई कारवाही गरि सिट क्षमता भन्दा बढी यात्रुलाई सो बसबाट ओराली अर्को सवारी साधनमा राखी पठाएको , आईचर गाडीमा पछाडी यात्रु राखी यात्रा गराईएकोमा सो गाडीलाई कारवाही गरि आईचर गाडीबाट यात्रुलाई ओराली अर्को सवारी साधनमा पठाएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा पर्नेहरुमा मोटरसाईकल, आएचर, वस, ट्रक लगायतका सवारी साधन रहेका छन । सनिबार आईतबार र सोमबार गरी तिन दिानमा ३ सय ,३० वटा सवारी साधन कारबाहीमा परेका छन् । जसमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ४२ वटा बस , नियम बिपरीत सवारी चलाउने २३३ सवारीका साधन , पछाडी राखेर यात्रु बोक्ने ५५ आइसर रहेका छन् । कारबहीमा परेका सवारीका साधनबाट करिब २ लाख ,३७ हजार ५ सय रुपैया राजस्व संकलन भएको नुवाकोट प्रहरीले जनाएको छ ।

त्यस्तै यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधनलाई भाडा फिर्ता गर्न लगाइएको छ । उनीहरुलाई यातायात विभागको दफा अनुसार कारवाही गर्न सिफारिस गरिएको नुवाकोट प्रहरीले जनाएको छ । प्रमुख भट्टराईले बताए । दशैँ मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि नुवाकोट प्रहरीले जिल्लाको विभिन्न् सडकमा गुड्ने सवारीसाधनलाई चेकजाँचमा कडाइ गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्