१२ श्रावण २०८१, शनिबार
Logo

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतक ११ जनाको सनाखत

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका १० तिर्खुमोडमा बस दुर्घटना हुँदा मृत्यु भएका १० जनाको सनाखत भएको छ । दुर्घटनामा काभ्रे बनेपाका बस चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ की हिरा श्रेष्ठ, संगिता श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्यको मृत्यु भएको हो । घटनास्थलमा मृत्यु भएका ६ जनामध्ये १ को पहिचान खुलेको छैन ।  

त्यसैगरी, धुलिखेलमा उपचारको क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुरकोटीको मृत्यु भएको अस्पतालले जनाएको छ।
उक्त गाउँपालिकाबाट भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान तिर्खुमोडबाट खस्दा १४ जनाको मृत्यु भएको छ। अहिले घटनास्थलमा उद्धार चलिरहेको छ। बसमा करिब ७० यात्रु सवार थिए।
दुर्घटनामा घाइते भएका ४० भन्दी बढी यात्रुमध्ये धेरैको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ।
बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया दिनुहोस्