१२ श्रावण २०८१, शनिबार
Logo

अखिल नेपाल ट्रेड युनियन माहासंघ जिल्ला कमिटी नुवाकोटको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बुधबार नुवाकोटको बान्द्रेमा अखिल नेपाल ट्रेड युनियन माहासंघ जिल्ला कमिटी नुवाकोटको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपालीहरुको माहान पर्व बडा दशै तिहार,छठ तथा नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरिएको नेकपा नेता तथा अखिल नेपाल ट्रेड युनियन माहासंघका केन्द्रिय सचिवालय सदस्य राजेन्द्र न्यौपानेले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हिरानाथ खतिवडाले सबै धर्म संस्कृतीको सम्मान र संरक्षण सरकारले गरिरहेको बताउनु भयो । उहाले नेपालमा धार्मीक सहअस्तीत्व सबै नेपाली जनताले सहर्ष स्वीकारेको बताउनु भयो । उहाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सरकारले जनता र देश बिकाशको लागी अबका दिनमा समय खर्चने बताउनु भयो । सांसद खतिवडाले सरकारले बिगतको १ बर्षलाई आधार बर्षको रुपमा लिगेर बिकाशका बाटो पहिचान गरेकाले अबको समय बिकाशमा लगाउने बताउनु भयो । सांसद खतिवडाले दशलाई सम्बृद्द बनाउन सरकारको एक्लो प्रयासले मात्र सफल नहुने हुदा जनताले पनि यस कार्यमा सघाउन पर्नेमा जोडदिनु भयो । आर्थिक संबृद्दिको लागी सरकारले कृषि,पशुपालन लगाएतका अन्य क्षेत्रमा ब्याबसायको प्रकृती हेरी पुर्ण अनुदान सम्म दिइरहेको समयमा सबैले आफ्नो स्थान र सुहाउदो ब्याबसाय गर्ने आग्रह गर्नु भयो ।


त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा संघीय सांसद नारायण प्रसाद खतिवडाले सरकारकोे राष्ट्र सम्बृद्घ बनाउने अभियानमा सघाउन उत्पादन शिल काममा सबै पेशा कर्मी नेपाली लाग्नु पर्ने बताउनु भयो । उहाले केपीओली नेत्रृत्वको सरकारले बेथितीको अन्त्य गरि बिधीवत कामको थालनीमा लागी सकेको बताउनु भयो । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना तथा श्रम ऐनको लागु गरिसकेको बताउदै त्यस्को अनुगमन गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रलाई सम्बोधन गर्नेक्रममा प्रदेश सांसद बद्रि मैनालीले पुर्व माओबादी र नेकपा एमाले एउटै भैसकेकाले अब संगठन सुदृढ पारेर सबैको मनोबल बढाएर अगाडी बढ्नु पर्ने आबश्याकता औल्याउनु भयो ।
सांसद मैनालीले सबै मजदुर मालीकले दुबैको हक हित हुने पाटोको अबलम्बन गर्नु पर्ने बताउनु भयो । साथै सांसद मैनालीले बेरोगारीको अन्त्य गर्न देशमा उद्योग धन्दाको स्थापना गरी राजगारीको सृजना आफ्नै ठाउमा गर्नु पर्ने बताउनु भयो । उहाले बैदेशिक रोजगारको क्रममा जाने कोही पनि सुरक्षीत नभएको भन्दै स्वदेशमा नै कलकारखाना तथा उद्योगको स्थापन गर्न सके जोखिम कम हुने समेत बताउदै रेमिट्यान्सले देशमा आार्थिक संबृद्घि नआउने बताउनु भयो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश सांसद केशब पाण्डेले मजदुर र मालिक एकै उद्देश्यका अभियान्ता भएकाले सम्मानका साथ दबैको हित हुने काम गर्नु पर्ने बताउनु भयो । सांसद पाण्डेले बर्तमा सरकार स्वास्थ्य, शिक्षा , रोजगार, लगाएतका बिषयमा प्रतिबद्द भएकाले निती बनाई काम समेत भैरहेको बताउनु भयो । उहाले नेपालको आर्थिक बृद्घिदर पहिलो बर्षमै बढेको बताउदै नेपाल संबृद्घी को बाटोमा लागी सकेको हुदा कसैको मनगढंते कुरामा नअल्झन सबैमा आग्रह गर्नु भयो ।
अखिल नेपाल ट्रेड युनियन माहासंघ जिल्ला कमिटी नुवाकोटका अध्यक्ष बेधनिधी मुडभरीको अध्याक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेकपा नेता तथा अखिल नेपाल ट्रेड युनियन माहासंघका केन्द्रिय सचिवालय सदस्य राजेन्द्र न्यौपानेले श्रम ऐनमा उल्लेख गरे अनुरुपको तलब भत्ता मजदुरले नपाएको बताउदै ऐन कडाईका साथ कार्यन्वयन गर्न माग गर्नु भयो । उहाले संबृद्घ नेपालको सपना साकार पार्न मजदुरको नि उत्तीकै भुमीका हुने भन्दै श्रम ऐन तथा सामाजिक सुरक्षा कार्यन्वयनका माग गर्दै आगामी दिनमा नुवाकोटमा कार्यक्रको आयोजना गर्ने समेत बताउनु भयो ।
शुभकामना आदान प्रदान कार्यक्रममा जन प्रतिनीधी, नेकपा नेताहरु लगाएतको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्