२९ माघ २०८१, मंगलवार
Logo

सहकारीकर्मी पौडेलको जन्मोत्सब आश्रममा

सहकारी कर्मी राजकुमार पौडेलले आफ्नो ४० औँ जन्मदिनको अवसरमा बिदुर नगरपालीका वडा नं ४ बिदुरमा रहेको आमाको माया छात्राबासमा बिभिन्न सामान हस्तान्तरण गरि खुसी साटेर मनाउनु भएको छ ।


सहकारी कर्मी तथा समाज सेवी पौडेलले अभिभावक बिहिन छात्राबासको छात्रछात्राहरुलाई चामल, कार्पेट, खेदकुदका सामाग्रीहरु, आश्रममा रहेका २३ जना बालबालीकाहरुको लागी हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमा उहाले जन्मदिन मनाउने बाहानामा मोटो रकम तडक झडकको साथ खर्चनु भन्दा सानो कोषिसले पनि बालबालीकाको शैक्षिक अबस्थामा टेवा पुग्ने भन्दै आफ्नो जन्म दिन बालबालीकाहरुसंग बसेर मनाएको बताउनु भयो ।


त्यस्तै कार्यक्रममा आमाको माया छात्राबासका अध्यक्ष सोम प्रसाद पांडे समाज सेवी तथा नेकपा नेता लिलानाथ न्यौपाने , सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष उत्सव अर्याल, , लोकप्रिय उपभोक्ता सहकारी संस्थाका अध्यक्ष केशववहादुर कुमाल ,समाजसेवी पुरुषेत्तम डोटेल लगाएतको सहभागिता हरेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्