काठमाण्डौ ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य
काठमाण्डौ – काठमाण्डौ ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौबाट बाहिरिने र भित्रिने यात्रुलाई कुनै पनि किसिमको समस्या नभएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता रविकुमार पौडेलले बताउनुभयो ।
उहाँका अनुसार नागढुङगा – नौबिसे सडकखण्डमा पनि जाम हटेकाले काठमाण्डौबाट बाहिरिने यात्रुको संख्या बढेको छ । गएको २४ घण्टामा काठमाण्डौ उपत्यकाबाट १६ हजार गाडीबाट १ लाख ५७ हजार यात्रु बाहिरिएका छन् भने १० हजार गाडीबाट ६० हजार यात्रु उपत्यका भित्रिएका छन् ।
पानी पर्ने क्रम बिस्तारै कम भएको र बाटोमा कुनै पनि अवरोध नभएकाले अब काठमाण्डौबाट बाहिरिनेको सँख्या बढ्दै जाने ट्राफिक प्रहरीले जनाएको छ ।उज्यालोबाट
प्रतिक्रिया दिनुहोस्