१२ श्रावण २०८१, शनिबार
Logo

स्वच्छ मासु भन्दै सरकारले नै छाप्यो पोस्टरमा राष्ट्रिय जनावर गाईको तस्विर

काठमाडौं । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै जनचेतनाका लागी एउटा पोस्टर सार्वजनिक गर्‍यो ।

 पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो ।

‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बन्यो । विभागका प्रवक्ता डा.चन्द्र ढकालले जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको बताए । ‘कुनै गलत नियत राखेर यो काम गरिएको होइन,,’ उनले भने ।

यस सम्वन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत छलफल भएको छ । बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको ढकालले बताए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्