१२ श्रावण २०८१, शनिबार
Logo

बजार र यातयात क्षेत्रको समस्या सुधारको माग राख्दै सहायक जिल्ला धिकारीलाई ७ बुंदे ज्ञापन पत्र

संवाद समूह नुवाकोटले सार्वजनिक यातायातमा सर्वसाधारणलाई समस्या हुने भन्दै यातायात क्षेत्रमा भएको समस्याहरुको सुधार गर्न माग गर्दै साहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाइ ध्यानाकर्षणपत्र बुझाएको छ ।
समाजमा बिध्यमान सामुहिक समस्याको बिषयमा बहस पैरबि गर्दै आएको संवाद समुहले जिल्लाका बिभिन्न स्थानमा हुने गरेको सामुहिक बिवादहरु संवाद मार्फत सल्ट्याउदै आएको छ । नुवाकोटमा संवाद समुहले भुमी हिनका समस्या,बिस्तापितको समस्या, सामुदायिक बनको समस्या, स्थानिय सरकार संचालनमा सुशासन र पारदर्शिता हुनु पर्ने भन्दै सहजिकरणको काम गरि रहेको कलस्टर संयोजक सन्तोष खनालले बताउनु भयो । यातायात ब्याबसायिहरुले र सवारी चालकले चाडबाडको समयमा चर्को भाडा लिने , पेट्रोलियम व्यवसायीले पेट्रोलमा एक रुपैयाँ बढी लिगिरहेको , नेपाल सरकारको नियम अनुसार विद्यार्थी ,ज्येष्ठ नागरिक, अपाग, जनआन्दोलनका घाइतेहरुले छुट नपाउने गरेको , दशै तिहारको समयमा टिकट काउण्टर बन्द गर्ने,टिकट नकाट्ने , जस्ता सामाजिक समस्याहरुको समाधान गर्न आग्रह गर्दै संवाद समुह नुवाकोटका संयोजक सन्तोष खनालसहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

नुवाकोटका संवाद अभियान्ताहरु


। त्यस्तै नुवाकोट जोड्ने मुख्य नाका बालाजु–ककनी–त्रिशुली, टोखा छहरे–ढिकुरे सडकखण्ड सुधार गर्नुपर्ने, जिल्लामा सञ्चालन भइरहेका यातायात व्यवसायीहरुको भाडादरमा एकरुपता कायम हुनुपर्ने, गल्छी–देविघाट सडकखण्डमा सरकारले कायम गरेको भाडादर लागु गर्नुपर्ने र अस्तब्यस्त सडक र संचालन प्रकृया व्यवस्थित गर्ने वातावरण तयार गर्न माग गरेको छ । भने बजारमा अखाद्य बस्तु नियन्त्रण, नाप तौल चेक जांच,लगाएतमा अनुगमन हुन आबश्यक रहेको संवाद समुह नुवाकोटले बताएको छ । कार्यक्रममा संवाद समुहको कलस्टर संयोजक संतोष खनाल, संवाद अभियान्ता इन्द्र पंडित, भोला पौडेल , संरिता कोइरालाको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्