११ बैशाख २०८२, बिहीबार
Logo

समाजसेवी न्यौपानेको जन्मदिन जेष्ठ नागरिक केन्द्रमा


समाजसेवी लिलानाथ न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा बिदुर नगरपालीका वडा नं ५मा रहेको देबिघाट जेष्ठ नागरिक प्रतिष्ठानमा बस्दै आउनु भएको जेष्ठ आमाबाहरुलाई सम्मान तथा खाना खुवाउनु भएको छ ।
समाज सेवी न्यौपानेले प्रतिष्ठानमा बस्दै आउनु भएको जेष्ठ नागरिकलार्ई संयुक्त रुपमा खाना खुवाउनुको साथै सम्मन गरिएको हो । कार्यक्रमलाई सम्बनेधन गर्दै समाजसेवी न्यौपानेले आफुले यो काम देखाउनको लागी नभई सिकाउन गरेको बताउनु भयो । परिवार संग बिभिन्न कारणले टाढा रहनुको पिडालाई भुल्न सक्ने बताउनु भयो । बृद्धबृद्धा समाजका ज्यूँदो ईतिहास भएकोले आफुले केही खुसी वृद्धवृद्धाहरुसँग बाँड्न जन्मदिनको अवसरका उनीहरुलाई सम्मान गरेको न्यौपानेले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा देबिघाट जेष्ठ नागरिक केन्द्र तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले आश्रममा कोही आएर सगै बस्दा उहाहरुलाई सन्तान र परिवारको झल्को मेटाउने हुदा यस्तो काम बेला बेलामा हुदा खुशी छाउने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसी राजेश थापा, जेष्ठ नागरिक प्रतिष्ठानका सचिव हेमप्रसाद अधिकारी, कोषाध्यक्ष बृन्दा अर्याल, सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष उत्सव अर्याल, लोकप्रिय उपभोक्ता सहकारी संस्थाका अध्यक्ष केशववहादुर कुमाल तथा स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्