धादिङबेसीमा पनि ‘कपडा बैंक’ संचालनमा
— धदिङ सदरमुकाम बीचबजारको क्याम्पस चोकमा पनि ‘कपडा बैंक’ संचालन गरिएको छ । स्थानीय लायन्स र लियो क्लबमा आवद्ध युवाहरुले निःशुल्क लुगा घर संचालनमा ल्याएका हुन् ।
सामाजिक सेवाका क्रियाशिल धादिङका युवाहरुद्वारा बडादशैंको अवसरमा आइतबारबाटै संचालित निःशुल्क लुगा घर नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले उद्घाटन गरेसँगै संचालनमा आएको हो ।
निःशुल्क लुगा घर उद्घघाटनको क्रममा नगर प्रमुख ढुङ्गानाले समाजसेवी युवाहरुको यस महत्वपूर्ण कामको लागि नगरपालिका र आफ्नो व्यक्तिगत रुपमा पनि सहयोग रहने बताएका थिए ।
निःशुल्क लुगा घर संचालनको अभियान्ता सम्झना भण्डारीले आफूभन्दा असाहयलाई सहयोग गरौं भन्ने भावनालाई आत्मसात गरी सक्नेले लुगाहरु यस निःशुल्क घरमा राख्दिन र असहायहरुले आफूलाई मिल्ने साइजको लुगा आएर लैजान आग्रह गरेकी थिइन् ।
बिहानदेखि संचालनमा आएको कपडा बैंकमा बालबालिकाहरुले कपडा लैजान सुरु गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्