३० आश्विन २०७८, शनिबार
Logo
Hotel Yangra Nuwakot Trishuli

बिदुर नगरपालीका वडा नं ५ मा डेंगु बिरुद्घको अभियान सुरु

बिदुर नगरपालीका वडा नं ५ मा डेंगु बिरुद्घको अभियान सुरु भएको छ ।


बिदुर नगरपालीका वडा नं ५ को आयोजनामा सोमबार देखी डेंगु रोग बिरुद्घ अभियान सबै जागौ सबै लाग्यौ वरिपरि जमेको पानी हटाई डेंगु भगाऔ अभियान सरु गरेको अध्यक्ष शिब कुमार चित्रकारले बताउनु भयो ।

pratik books stationery
trishuli web design in nuwakot

आजबाट सुरु भएको अभियान सहिद जगतप्रकाशजंग साह संस्कृत माध्यामिक बिद्यालय बाट सुरु गरिएको हो । सचेतना कार्यक्रममा सहिद जगतप्रकाशजंग साह संस्कृत माध्यामिक बिद्यालयका बिद्यार्थीहरु, स्थानिय बासिन्दा ,समाज सेवी ,स्वास्थ्य स्वयम सेविका,सामुदाययिक प्रहरी, सामाजिक प्राबिधीक सहजिकरण तथा परामर्श परियोजना नुवाकोटको सहभागीता रहेको थियो ।

आज बाट सुरु भएको अभियान असोज ८ गते सम्म संचालन गरिने बिदुर नगरपालीका वडा ५ ले जनाएको छ । बुधबार दिउसो २ बजे चन्द्र ज्योती माध्यामिक बिद्यालयबाट डेंगु सचेतना सुरु गरि च्वाडी पब्लीक माध्यामिक बिद्यालय सम्म यालीको आयोजना गरिएको आयोजकले बताएको छ । भने बिहिबार च्वाडी पब्लीक माध्यामिक बिद्यालयबाट सचेनता यालीको आयोजना गरेको आयोजकले बताएकको छ ।

प्रतिक्रिया दिनुहोस्