७ माघ २०८१, सोमबार
Logo

भालुको आक्रमणबाट वडा सदस्य गम्भीर घाइते

संखुवासभा – मकालु गाउँपालिका–२ का वडा सदस्य दावानुर्बु शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ ।

आइतबार बेलुकीपख सेदुवा च्याक्सेडाँडाको हिङद्रमा भन्ने ठाउँको जंगलमा अलैँची बगानमा अलैँची टिप्ने क्रममा वडा सदस्य शेर्पालाई भालुले आक्रमण गरेको हो । 

भालुले आक्रमण गरेपछि शेर्पाले गुहार माग्नुभएको थियो । अलैँची बगानमा रहेका अन्य साथीहरुले भालु लखेटेका थिए । त्यसपछि उहाँलाई उपचारको लागि राति नै सेदुवाको स्वास्थ्य चौकीमा पठाइएको थियो ।

भालुको आक्रमणबाट शेर्पाको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेको जनाइएको छ । यस क्षेत्रमा भालुको आक्रमणबाट गएको वर्ष पनि २ जना गम्भीर घाइते भएका थिए । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्