१२ श्रावण २०८१, शनिबार
Logo

काम नगर्ने ठेकेदारलाई डार्कलिस्टमा राखौँ, मन्त्रीले कसैलाई नच्याप्नुस्: प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारलाई ब्ल्याक लिस्टमा नभइ डार्कलिस्टमा राख्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काम नगर्ने ठेकेदारलाई नच्याप्न मन्त्रीहरुलाई चेतावनी समेत दिनुभएको छ । राजनीतिक आडमा ठेकेदार उन्मत्त हुने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै उहाँले मन्त्रीहरुलाई कुनै पनि ठेकेदारलाई नच्याप्न आग्रह गर्नुभयो ।

ठेकेदारका कारण देशकै बदनाम भएको भन्दै काम नगर्ने ठेकेदारसँग उदार नहुने पनि उहाँले बताउनुभयाे। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले पूरा नभएका आयोजनाको म्याद थप्नुपर्ने बताएपछि प्रधानमन्त्री ओलीले कामै नगर्ने नियत भएका ठेकेदारको म्याद थप्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ठेकेदारहरुलाई राजनीतिक प्रोटेक्सन भएसम्म विकास हुन्न, यसलाई अन्त्य गर्नैपर्छ, काम नगर्ने ठेकेदारको ठेक्का तोड्ने मात्र नभै भविष्यमै अयोग्य हुनेगरी कारबाही गर्नुपर्छ ।’

Shivapuri rural municipality awareness message jalapanews

सरकारलाई आर्थिक भार नपर्ने गरी पूरा हुनै लागेका आयोजनामा ठेक्काको समय अलिकति थप्न सकिने तर काम नगर्ने नियत भएका ठेकेदारसँग सम्झौता तोडेर क्षतिपूर्ति असुल्न पनि उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा संघीय सरकारका मन्त्रीहरु, मुख्यमन्त्रीहरु तथा सचिवले विकास निर्माण र समस्याबारे धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्