१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

सिरहा – सिरहामा बाख्रा चराउन गएका दुई बालिकाको आइतबार बिहान पोखरीमा डुबेर ज्यान गएको छ । 

गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाका १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया छोरी रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।

साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिनुभयो । 

दुवै बालिकाको शव पोष्टमर्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) जनक पुरीले जानकारी दिनुभयो । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्