२४ माघ २०८१, बिहीबार
Logo

सामुदायिक विद्यालयमा स्थानीय तहले हस्तक्षेप नगर्न शिक्षा मन्त्रीकाे आग्रह

मकवानपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सामुदायिक विद्यालयमा स्थानीय तहले हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।

मन्त्री पोख्रेललले भन्नुभयो, ‘जथाभावी शिक्षक नियुक्ति गर्ने, सरुवा गर्नेभन्दा पनि शिक्षाको आर्थिक समस्या, भौतिक समस्या तथा शिक्षकबीचमा भएका गुटबन्दी अन्त्य गर्न जरुरी रहेको छ ।’ 

प्रदेश नम्बर-३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणलीको सवलीकरण’ भन्ने नाराका साथ सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढीकरण विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको शनिबार हेटौँडामा उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएको हाे । 

शिक्षकहरु पार्टीको कार्यसमितिमा बसेर काम नगर्न पनि उहाँले सुझाव दिनुभयाे ।

Shivapuri rural municipality awareness message jalapanews

शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने बताउँदै उहाँले राजनीतिमा धेरै बहस, छलफल हुने तर शिक्षामा धेरै छलफल नभएका कारण गुणस्तर राम्रो हुन नसकेको बताउनुभयो । विद्यार्थीलाई विद्यालय एक्लैले सुधार गर्न नसक्ने भएकाले घर, परिवार र समाजबाट पनि रुपान्तरण गर्नुपर्ने उहाँकाे भनाइ थियाे

। सामुदायिक विद्यालयमा हर कुरालाई रुपमान्तरणसँग जोड्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘निजी विद्यालयका विद्यार्थीलाई आमाले, बुवाले विद्यालयसम्म पुर्‍याउने, खाजा लगिदिने, लिएर आउने तर, सामुदायिक विद्यालयमा किन त्यसो नगर्ने त ?’ 

पेशाप्रति प्रतिबद्ध र कामप्रति जवाफदेहिता भएका शिक्षक अहिलेको आवश्यक्ता रहेको बताउँदै उहाँले शिक्षक सकारात्मक भएर परिवर्तनको संवाहकको रुपमा अगाडि बढेमात्र शिक्षामा सकारात्मक परिवर्तन आउने अभिव्यक्ति दिनुभयाे। 

सरकारले सार्वजनिक शिक्षामा धेरै लगानी गरे पन त्यस अनुसार प्रतिफल लिन नसकिएको बताउँदै मन्त्री पाेखरेलले एकै वर्ष काम गरेर राम्रो रिजल्ट आउने नभइ शिक्षामा गुणस्तर आउन थुप्रै समय काम गर्नुपर्ने बताउनुभयो ।उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्