१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

नुवाकाेटमा सात जनाको कैद मिनाहा

चौथो संविधान दिवसको अवसरमा जिल्ला कारागार नुवाकोका कैदी बन्दीका कैद मिनाहा गरिएको छ ।
जिल्ला कारागार नुवाकोटमा कैदी बन्दी जिबन बिताइरहेका ७ जनाको कैद मिनाहा गरिएको छ । कारागारमा ५० प्रतिशत सजाए भुक्तान गरेका र असल चालचलनमा रहेको सात बन्दी लाई कैद माफी मिनाहा गरेको हो । प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अभियोगमा कैद जीवन भोगिरहेका नुवाकोटका सात सहित देशै भरका २ सय बयासी जनालाई सजाय माफी दिनु भएको हो ।
नुवाकोट जिल्लाकारागारमा कैद माफी प्राप्त गर्नेहरुमा ज्यान मार्ने उद्योगमा संलग्न भएको र दोषी ठहर भै कैद जीवन बिताइरहेका शिवपुरी ५ का बम्बे भनिने बमबहादुर तामाङ, मानबहादुर तामाङ, बिदर ७ तुप्चेका गोविन्द नेपाली रहेका छन्।चोरी तथा ज्यान मार्ने उद्योगमा संलग्न भई कैद जिबन बिताई रहेका ककनी–३ का डम्बरबहादुर भनिने कमरबहादुर तामाङ, सानोकान्छा भनिने मानबहादुर तामाङ, कर्तव्य ज्यान मुद्धामा जेल जीवन बिताइरहेका विदुर नगरपालिका–१२ का विष्णुबहादुर अधिकारी र सवारी ज्यान मुद्धामा जेल जीवन बिताइरहेका बेलकोटगढी नगरपालिका–९ का सन्तवीर लामाको कैद माफी मिनाहा भएको जिल्ला कारागार नुवाकोटले जनाएको छ ।
हाल जिल्ला कारागारमा १ सय ४३ जना पुरुष र १४ जना महिला कैद जीवन बिताइरहेका छन् । जिल्ला कारागारमा ५० जना पुरुष कैदी र २० जना महिला कैदी अट्ने क्षमता रहेको छ। जिल्ला कारागार नुवाकोटमा क्षमता भन्दा तिन गुणा कैदीको भार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्