१२ श्रावण २०८१, शनिबार
Logo

न्यु तप्चे युवाक्लबको आयोजनामा तुप्चेमा डेङ्गु संक्रमण नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न

बुधबार न्यु तुप्चे युवा क्लबको आयोजनामा विदुर नगरपालिका वडा नम्बर ७ स्थीत तुप्चेमा डेङ्गु संक्रमण नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
न्यु तप्चे युवाक्लबको आयोजना तथा चण्डेश्वरी मावि, पाइनियर स्कुल,आर्दश जनकल्याण युवा क्लब,नेपाल रेडक्रस तुप्चे उपशाखा र सामुदायिक स्वास्थ्य केन्द्र तुप्चेको सहआयोजनामा डेंगु रोग नियन्त्रण सचेतना एवम् लामखुट्टेको लार्भाखोजी तथा नस्ट कार्यक्रममाा स्कुले बिखर्थी हरुले सचेताना मुलक प्ले कार्ड समेत प्रदर्शन गरेका थिए ।


आफ्नो घर आँगन सफा राखौ,डेङ्गु संक्रमणबाट बचौ भन्ने नाराका साथ शुरु भएको ¥याली वडा नं सातको बिभिन्न स्थानको परिक्रमा सम्पन्न भएको थियो । साथै अभियान मा सहभागी भएकाहरुले बिभिन्न स्थानको सरसफाई समेत गरेको छ । देशै भर तथा नुवाकोटमा पनि डेंगी संक्रमण भेटिए पछि जनचेनतामुलक कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दिनेश बोगटीले जानकारी दिनु भयो ।

कार्यक्रममा वडा नम्बर ७ का वडासदस्य विष्णुबहादुर बोगटी,चण्डेश्वरी माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक हरि रिजाल, न्यु तुप्चे युवा क्लबका अध्यक्ष दिनेश बोगटी, सचिव सुदिप बोगटी, समाजसेवी शम्भु बोगटी ,राजन बोगटी,स्थानियबासीहरु र विधार्थीहरुको सक्रिय सहभागीता रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्