१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट ग्लोरीले मनायो भब्य बाल दिबस

रामशरण थापा , सुर्यगढी गाउपालीका वडा नं ५ स्थीत रहेको नुवाकोट ग्लोरी सेकेण्डरी स्कुलले ५५ औ रास्ट्रीय

सुर्यगढी गाउपालीका वडा नं ५ स्थीत रहेको नुवाकोट ग्लोरी सेकेण्डरी स्कुलले ५५ औ रास्ट्रीय बाल दिवस भब्य रुपले मनाएको छ ।
५५ औ बाल दिवशको अबसरमा प्पन्न उक्त कार्यक्रममा बिध्यालयले विभिन्न किसिमका बालअधिकार सम्बन्धि प्ले कार्ड प्रदर्शन गर्दै र्याली गरेको थियो । “सुनिस्चित बाल अधिकार,समृद्ध नेपालको आधार“ भन्ने रास्ट्रीय नारालाइ मुख्य आधार बनाइ बजार परिक्रमा समेत गरेको हो । उक्त कार्यक्रममा स्कुलका छात्र छ्त्रा हरु र सम्पुर्ण शिक्षक शिक्षिका हरु र संचालक हरुको स्वोतस्फुर्त उपस्थितिले अझै कार्यक्रम लाई रोचक बनाएको थियो।
कार्यक्रमका सभापति तथा सस्थापक प्रीन्सिपल पुरुशोत्तम अधिकारिले कार्यक्रममको केक काटेर उद्घाटन गर्नुभयो भने शिक्षक र बिध्यार्थी हरुले विभिन्न सन्देश मुलक नाटक ,कबिता,गित,गजल मार्फत बालश्रम र बालबालिका सम्बन्धी सरोकार वाला हरुलाइ घच्घच्यायका थिए ।।

कार्यक्रममा बोल्दै स्कुलका प्रधानाध्यापक बि.बि.रानाले जतिनै गाली गर्नु परेपनी सबल बालबालिका हरु बिना सुनौलो देश कल्पना गर्न नसकिने भयेकोले परिीस्थीती जस्तो सुकै भए पनि लगातार बालबिषेशज्ञ बनेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बिध्यालयका उप ( प्रधानाध्यापक रामशरण थापाले बालबालिकाहरु लाई पठन पाठनको क्रममा हप्काउनु परेको भएता पनि त्यो बाध्यता भएको र चाहाना नभएको कुरा “प्रिय बिध्यार्थी तिमिलाइ एकपटक चिमोठे भने मलाइ तेस्को सयौ गुना पिडा हुन्छ।“भनेर कबिता मार्फत भाबुकता सहित प्रस्तुत हुनुभयो ।

त्यस्तै स्कुलका अर्का संचालक प्रकाश खड्काले बालदिबस एकपटक होइन प्रत्येक पल सम्झनु पर्ने र सतर्क हुनुपर्ने कुरा बताउनु भयो । कार्यक्रमका सभापति तथा स्कुलका सस्थापक प्रीन्सिपल पुरुशोत्तम अधिकारिले राज्यको निम्ति बालश्रम र बाल अधिकार चुनौती रहे पनि असम्भब नरहेको र सुरुवात आफैबाट सम्पुर्णले गर्नु पर्ने बताउनु भयो

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्