१२ श्रावण २०८१, शनिबार
Logo

बिदुर नगरपालिका भित्रका २ वटा माध्यमिक बिद्यालयलाइ करिब २० लाख बराबरको कम्प्युटर

बिदुर नगरपालिका भित्रका २ वटा माध्यमिक बिद्यालयलाइ करिब २० लाख बराबरको कम्प्युटर प्रदान गरिएको छ । बिदुर नगरपालिका ५ का च्वाडी पब्लिक माबि माझिटार र चन्द्रज्योति माबि पिपलटारलाइ एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख सन्जु पण्डितको उपस्थितीमा एडु टेक नेपाल का अध्यक्ष डायना प्रधान सिलवाल र फाउण्डर माइक द्घारा हस्तानतरण गरिएको छ । बिदुर नगरपाकिाका शिक्षा बिज्ञ तथा परामर्शदाता तुलध्वज खतिवडाको पहलमा २० लाख बराबरको शैशिक सामाग्री बिद्यालयलाई हस्तान्तरण गएिको हो । उक्तकार्यक्रमलाई सम्बोधन गर्दै बिदुर नगरपालीकाका प्रमुख संजु पंडितले समय सापेक्ष बिद्यालयको शिक्षामा जोड दिनु पर्ने बताए । उनले आगामी दिनमा नगर भित्रका सामुदायीक बिद्यालयको शैक्षिक अबस्थामा गरणस्तरिय सुधार ल्याउने काममा लागी पर्ने बताए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाबिज्ञ तुलध्वज खतिवडाले अहिलेको पुस्ताले प्रबिधी मैत्रि शिक्षा लिनुको बिकल्प नभएको बताएका छन् । कम्प्युटर लगाएतका प्रबिधि मैत्रि शैक्षिक सामाग्रीले आजको समयानुसारको आशा र आबश्यकतालाई पुर्ण गर्ने भन्दै प्रधानाध्यापक मोती राम न्यौपाने तथा च्वाडी पब्लिकमाबिका प्रअ टिका खरेलले आफ्नो बिद्यालयको गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताएका छन् । यस अघि यस एडु टेक नेपालले कल्याणी माध्यामिक बिद्यालय , रणभुबनेश्वरी माध्यामिक बिद्यालय ,भवानी माध्यामिक बिद्यालय,शिवालय माबि सहित ६ वटा बिद्यालयलाई यस अघि नै कम्प्यटर लगाएतका सामाग्री बितरण गरेको शिक्षा बिज्ञ खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्