१२ मंसिर २०७९, सोमबार
Logo
final gp koirala advert

तिजको अवसरमा नुवाकोटको विदुरमा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दु नेपाली महिलाहरुको माहान पर्व हरितालीका तिजको  अवसरमा आज नुवाकोटको विदुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल महिला संघ जिल्ला कार्यसमिति नुवाकोटको तथा नुवाकोट सिटी कम्युनिटी हस्पिटल एण्ड रिचर्स सेन्टर विदुर एवम् नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा प्रदेश नम्बर ३ की प्रदेशसभा सदस्य कल्पना नेपाली, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अबिनारायण काफ्ले तथा समाज सेवीहरुले रक्तदान गरेका छन ।

नुवाकोटमा संचालन भैरहेको ब्लड बैक नुवाकोटमा रगत अभाव निकै बढे पछि समस्या थोरै भए पनि हल गर्ने उद्देश्यले तिजको अबसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल महिला संघ नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्