४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

जीवित गाई नेपालगञ्ज फिर्ता

नेपालगञ्जबाट ट्रकमा लोड गरेर ल्याइएका गाईलाई स्थानीय प्रशासनले फिर्ता गरेको छ। दैलेख लैजाने भनी आठवटा ट्रकमा ल्याइएका गाईलाई बिहीबार राति वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुना नजिक भीरबाट खसालिएको थियो।

त्यहीक्रममा जंगलमा छाडिएका र जीवित गाईलाई शनिबार नेपालगञ्ज नै फिर्ता गरिएको हो। भीरबाट खसाल्ने क्रममा २४ गाईगोरु मरेका छन्। ५० भन्दा बढी घाइते छन्। जीवित रहेका मध्ये शनिबार १६७ वटा गाईगोरु फिर्ता पठाइएको हो। जंगलमा छाडिएका अरु गाई पनि खोज्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

शनिबार नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी र प्रहरीले जंगलमा रहेका गाईगोरु खोजेर फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवी रावलले बताए। उनकाअनुसार गाईगोरु यसअघि ल्याइएको काञ्जिहाउसमै बुझाइने छ।

यसैबीच गौहत्याको विरोधमा सुर्खेतमा दबाबमूलक शान्ति र्‍याली निकालिएको छ। गाई हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले शनिबार बिहान वीरेन्द्रनगरमा र्‍याली निकालेका हुन्।

प्रतिक्रिया दिनुहोस्