१२ श्रावण २०८१, शनिबार
Logo

फौजी किराको प्रकोप नियन्त्रणमा प्रदेश सरकारको चासो

ओखलढुगा खोटांग र उदयपुर जिल्लाको विभिन्न ठाउँहरुमा फैलिएको फौजीकीरा नियन्त्रणको लागि प्रदेश सरकारले चासो देखाएको छ ।

फौजी किराले बाली नष्ट पारेको खवर प्राप्त भएपछि एक नम्बर प्रदेश सरकार अन्र्तगतको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, बाली विकास निर्देशनालय र बाली संरक्षण प्रयोगशालाले बिरा नियन्त्रणको लागि चासो देखाएको हो ।

सूचना पाएपश्चात तीन जिल्लामा पुगेर मन्त्रालय, निर्देशनालय र प्रयोगशालका बिज्ञहरुले  फौजी किराको प्रकोप अनुगमन गरि नियन्त्रण गर्न किटनाशक बिषादी कृषकलाई बितरण गर्न थालेको र कृषि ज्ञान केन्द्रहरुलाई आवश्यक अभिमुखीकरण गराएको गरेर मन्त्रालयका महाशाखा प्रमुख डा. राजेन्द्र उप्रतीले बताए  ।

कृषि बिज्ञ डा. उप्रेतीका अनुसार स्थलगत अनुगमनको क्रममा तीनै जिल्लामा अमेरिकन फौजी किराको फैलावट र प्रकोप अत्यधिक बढेको पाइएको छ । किराले मकैबालीको कलिलो पातबाट सुरुगर्ने क्षति क्रमश बढाउँदै लगेर ठूलोबोटहरुको गुवो र पातहरु खाने गरेको छ । बेलैमा फौजी किरा ब्यवस्थापन नगर्ने हो भने मकैबाली पूर्णरुपमा सखाप बनाउने उप्रतीले बताए ।

के हो अमेरीकन फौजी किरा ?
कृषि विकास निर्देशनालय एक नम्बर प्रदेशकी बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठका अनुसार अमेरीकन फौजी कीरा मकैवालीमा लाग्ने पुतली समुह अन्तर्गत पर्ने रात्रीचर कीरा हो । यस कीराको लार्भा अवस्थाले मकैलगायत विभिन्न ८० प्रकारका वालीनालीमा नोक्सानी पुर्याउछ । मुख्य मकै मन पराउने यस कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखु तथा घाँसेवालीहरु र तरकारी बालीमासमेत क्षति पुर्याउने गर्छ ।

उपयुक्त खाना तथा वासस्थानको खोजीमा यो कीराको वयस्क पुतली एक रातमा १०० किलोमिटर टाढासम्म पनि उडेर जान सक्छ । यो कीरा अमेरीकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरुमा पाइने रैथाने कीरा हो । नया पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्