११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

रसुवागढीबाट तीन अर्बभन्दा बढीको सामान आयात

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चालू आर्थिक वर्षको एक महिनामा तीन अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार आर्थिक वर्ष ०७६/७७ को साउन महिनामा तीन अर्ब १७ करोड ३६ लाख ८६ हजार मूल्यबराबरको सामग्री नेपाल आयात भएको हो ।

गत वर्षको साउनमा यो नाका हुँदै एक अर्ब ४१ करोड ६९ लाख १२ हजार मूल्यबराबरका सामान आयात भएको  छ । साउनमा नेपालबाट चीनतर्फ एक अर्ब ५० करोड दुई लाख ७५ हजार मूल्यबराबरको समान निर्यात भएको छ ।

गत वर्ष साउनमा एक करोड ५४ लाख २६ हजार मूल्यबराबरको सामान नेपालबाट चीनतर्फ निर्यात भएको थियो । यो वर्षवर्षात्को समयमा पनि सडक अवरुद्ध नभएकाले गत वर्षको तुलनामा आयात निर्यात बढेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले साउन महिनामा लक्ष्यभन्दा २२० दशमलव २५ प्रतिशत बढी राजस्व असुली गरेको छ । साउनमा ४६ करोड ७८ लाख ९१ हजार राजस्व असुली लक्ष्य राखेको कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार राजस्व संकलन गरेको हो ।

सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसँगै भन्सार असुली पनि बढेको हो । कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याटलगायतशुल्कबापत भन्सार असुली गर्दै आएको छ ।

चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै हाल सञ्चालनमा छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ताचप्पल, स्याउ, विद्युतीय सामग्री भित्रिने गरेको छ भने नेपालबाट हस्तकलाका सामग्री निर्यात हुने गरेका छन् । ०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । नया पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्