६ जेष्ठ २०७९, शुक्रबार
Logo
final gp koirala advert

पाँच वर्ष कैद र ५० हजार जरिवामा माग गर्दै रवि लामिछानेसहित तीन जनाका विरुद्ध मुद्धा दर्ता

रविलामिछाने सहित तीन जनालाई आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्धा दर्ता भएको छ ।

जिल्ला अदालत चितवनले आज समय सकिएको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरी कै जिम्मा लगाएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार पाँच वर्ष जेल सजाय र ५० हजार जरिवानाकलो माग गर्दै‍ सरकारी वकिल कार्यालय चितवनले मुद्धा दायर गरेको हो ।

चितवन प्रहरीले रवि, पत्रकार युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई थुनामै फिर्ता ल्याएको छ।

अदालतका अनुसार आईतबार अस्मिताको बयान सकिएको छ। सोमबार बिहान १० बजे न्यायाधीश हेमन्त रावलकै इजलासमा रवि र युवराजको बयान पछि थुनछेक बहस हुनेछ।

प्रतिक्रिया दिनुहोस्