१२ श्रावण २०८१, शनिबार
Logo

पार्किङमा राखिएको कन्टेनरमा आगलागी

रसुवा – रसुवागढीमा पार्किङमा रोकिराखेको खाली कन्टेनरमा शुक्रबार बिहान आगलागी भएको छ । पार्किङमा रहेको ना ३ ख ४८७३ नम्बरको कन्टेनरमा अचानक आगो लागेको प्रहरीले जनाएको छ ।

कन्टेनरमा अचानक आगो लागेपछि त्यहाँ रहेका अन्य कन्टेनर हटाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा कन्टेनरमा आगो लागेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्