११ बैशाख २०८२, बिहीबार
Logo

बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगायो

रसुवा – आइतबार राति भिषण बर्षा पछि आएको बाढीले रसुवास्थित भोटेकोशी नदीको बेलिब्रिज बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगाएको छ ।

बाढीले रसुवागढी जलविद्युत् आयोजनामा पनि क्षति र्पुयाएको छ । क्षतीको बिवरण भने आउन बनकी रहेको छ ।

भोटेकोशी नदीमा बाढी आएपछि रशुवाको उत्तरगया गाउँपालिकाको मैलुङ तथा खाल्टे बगर क्षेत्रका स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

भोटेकोशीमा पानीको वहाव बढेपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर राति नै बाहिरिएको रसुवा प्रहरीले जनाएको हो ।
यो

प्रतिक्रिया दिनुहोस्