१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट जिल्ला लिग फुटवलको उपाधि नुवाकोट युनाइटेडको पोल्टामा

नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटवल क्लबले आफ्नो पोल्टामा पारेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा जारी खेलमा देविघाट जालपा क्लबलाई ५–२ को गोल अन्तरले पराजित गर्दे नुवाकोट युनाइटेड फुटवल क्लबले उपाधिमाथि उचालेको हो ।

प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड फुटवल क्लबले ३० हजार रुपैयाँ, कप,मेडल र प्रमाणपत्र पाएको छ त्यस्तै उपविजेता टिम देविघाट जालपा क्लबले १५ हजार रुपैयाँ, कप,मेडल र प्रमाणपत्र पाएको छ ।
नुवाकोट फुटवल संघले आयोजना गरेको प्रतियोगितामा १८ क्लबले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्