१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

बालुवा निकाल्ने क्रममा डुबेर दुइको मृत्यु, स्थानीयले ३ एक्साभेटर जलाए, दुई वटा तोडफोड

साउन २५, धादिङ
गजुरी गाउँपालिका वडा नं. ६ स्थित दरिङ्गाल खोलामा वालुवा झिक्ने क्रममा डुबेर शनिबार २ जनाको मृत्यु भएको छ। गजुरी गाउँपालिका वडा नं. ७ भस्मे खर्कका १८ वर्षिय भिम व. तामाङ र सोहि स्थानका २१ वर्षिय सुमन तामाङको मृत्यु भएको हो ।

काठमाडौ बस्दै आयका भिम बहादुर तामाङ, सुमन तामाङ, बिक्रम तामाङ र सिताराम तामाङ हिजो मात्र घर आएका थिए। बालुवा निकाल्न को निमित्त दरिङ्गाल खोलामा चारै जना गएका थिए। पहिला सुमन र भिम खोलामा छिरे तेसपछी उनिहरु ननिस्किए पछि बिक्रम र सिताराम ले उनिहरु लाइ निकाल्न प्रयास गरेको र नसकेपछी प्रहरी लाई खवर गरेको बताए।


बिहान १० बजेको समयमा उक्त घटना घटेको थियो। रातको समयमा एक्साभेटर ले अबैध रुपमा उत्खनन गरेर खाल्डो बनाएका कारण खोलामा पस्ने बित्तिकै डुबेर ज्यान गएको हो।

तीन वटा एक्साभेटर मा आगजनी दुई वटा तोडफोड
बालुवा निकाल्ने क्रममा डुबेर मृत्यु भएपछि आक्रोशित स्थानीयले तीन वटा एक्साभेटर जलाएका छन। रात भर बालुवा निकाल्ने र उज्यालो भएपछि खोला छेउछाउ लुकाएर राखेको एक्साभेटर जलाएका हुन। स्थानीय ले अन्य दुई वटा हण्डाइ कम्पनी को मेसिन पनि तोडफोड गरेका छन।
रातको समयमा खोलामा मेसिन लगाउँदा खोला तर्दा डुब्ने, नदिले स्वरुप नै परिवर्तन गरि कटान गर्ने, स्थानीय मजदुर को रोजिरोटी खोसिने भन्दै स्थानीयले केही समय अघि मात्र दुई वटा एक्साभेटर नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यलय घेराउ समेत गरेका थिए। यद्यपि तेसयता पनि बरातको समयमा लुकाइ छिपाइ मेसिन लगाउने गरेको स्थानीय को भनाइ छ।

प्रहरी नै रक्सी मासु खाएर फर्किन्छ्न- स्थानीय
पटक पटक खोलामा बालुवा निकाल्न स्थानीयले अवरोध गरेपछी मेसिन केही समय अघि बन्द भएको थियो। तर स्थानीय ले प्रहरी लाई खबर गर्दा प्रहरी अनुगमन मा आयपनी खोला छेउ छाउ आउने र बालुवा ठेकेदार सङ्ग मिलेर रक्सी र मासु खाएर जाने गरेको स्थानीयले आरोप लगाएका छन।
प्रहरी प्रशासन को कमजोरी को कारण आज यो घटना घटेको स्थानीयले बताएका छन। उनिहरु भन्छन अधिकांश डोजर जनप्रतिनिधि को छ, प्रहरी नै उनिहरु सङ्ग मिलेर लुज बन्दिदा यस्तो अप्रीय घटना घटेको हो।

गैर कानुनी कामको संरक्षक सबैलाई ज्यान मुद्दामा पक्राउ गर्नु पर्ने स्थानियहरुले माग राखेका छन्

यो समाचार प्रदेश खबरमा बिक्रम अधिकारीले लेखेका छन्

प्रतिक्रिया दिनुहोस्