२९ माघ २०८१, मंगलवार
Logo

ट्रक ले मोटरसाइकल लाई ठक्कर दिँदा एकको मृत्यु

काडमाडौको ठूलो र्भयाङमा सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ । ना ७ ख १३८१ नंबरको ट्रकले बा ४५ प २७७४ नंम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–७ किरान्चोक का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्