१२ श्रावण २०८१, शनिबार
Logo

त्रिशुलीमा बस खस्दाः ४ को मृत्यू

धादिङको बेनिघटरोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ४ जनाको ज्यान मृत्यु भएको छ भने १४ जना घाईतेको उद्धार गरिएको छ ।

३८ जनाको चलानी बोकेर सर्लाहीको मलंगवाबाट काठमाडौ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान करिव ३ः३० बजे त्रिशूली नदीमा खसेको थियो ।

धादिङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।  बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ । ३८ जनाको चलानी रहेको छ भने बाटोमा अन्य यात्रु चढेको हुनसक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्