२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

रवि लामिछानेका कारण पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको खुलासा, अडियो भेट्टियो

चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको खुलासा भएको छ । पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लागाएको छ । अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमेरोमा उनले आत्महत्या रोज्नुको कारणबारे बताएको अडियो भेटिएको घटनास्थलबाट माउन्टेन टेलिभिजनका पत्रकार रामेश्वर सापकोटाले जानकारी दिए ।

यस्तो छ पुडासैनीको आत्महत्याको सन्देश

मलाइ रवि लामिछाने र दीपक दाजुले पछिल्लो पटक धेरै नै ट्रचर दिनुभयो । उहाँहरूले करोडौँ रूपैयाँ कमाउने तर मलाइ कममात्र पैसा दिने । पछि मलाइ अष्ट्रेलिया डिपेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाए । तर त्यहीक्रममा मैले न्यूज २४ टेलिभिजन छाडे पनि । र पछिसम्म मलाइ उहाँहरूले त्यही केटीलाइ बलात्कार गरेको भनेर फसाउने रणनीति बनाउनु भयो । त्यसकारण म अब संसारमा यस्तैगरी बाँचिरहन चाहन्न । (पत्रकार रामेश्वर सापकोटाले शालिकरामको मोबाइलबाट सुनेको अडियोको आधारमा उतारिएको)

यस्तै मृतक पत्रकार शालिकराम पुडासैनीका आफन्त समेत रहेका नेपाली कांग्रेस नुवाकोटका नेता लेखनाथ मुडभरीले पनि दैनिकीसँग कुरा गर्दै रवि लामिछाने र सिधाकुरा जनतासँग टिमको तनावका कारण आफूले आत्महत्या गरेको भिडियो नै मोबाइलमा भेटिएको उनले बताए । पुडासैनीले उक्त भिडियो सन्देशसँगै आफूले संसार छाड्न चाहेको बताएका छन ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू चितवन गएका थिए । उनी नाइलनको डोरी पंखामा पासो लगाएर झुण्डिएका थिए ।

लामो समय रवि लामिछानेसँग सिधाकुरा जनतासँग कार्यक्रममा काम गरेका पुडासैनी केहीसाता अघिमात्र माउण्टेन टेलिभिजनमा गएका थिए । उनी टेलिभिजनको उच्च  व्यवस्थापनसँग सीधा सम्पर्क गरी मिसन न्युजमा काम गर्न पुगेका थिए । उक्त कार्यक्रमको सम्पूर्ण जिम्मेवारी उनैले लिएका थिए । चितवन पनि उनी रिपोर्टिङकै लागि पुगेका थिए । यो समाचार दैनिकी टकमले लेखेको छ

प्रतिक्रिया दिनुहोस्