ऐतिहासिक धरोहर सात तले दरबारको पुननिर्माण सुरु
नुवाकोट जिल्लाको ऐतिहासिक धरोहर सात तले दरबारको पुननिर्माण सुरु भएको छ ।
२०७२ सालको भूकम्पको कारण क्षत बिक्षत भएको भौतिक संरचनाको पुनः निमार्ण नेपाल सरकार पुरातत्व बिभाग संगको समन्वयनमा चिन सरकारको आर्थिक एवम प्राबिधिक सहयोमा भैरहेको छ ।
नुवाकोट दरबारसहित दरवार परिसरमा रहेका पुरातात्विक एंव धार्मिक सम्पदाको पु्न निर्माण भईरहेको हो ।
दरबार सहित दरवार परिसरमा रहेका विभिन्न धार्मिक सम्पदा र ऐतिहासिक संरचनाको निमार्ण तीन चरणमा गर्ने र पहिलो चरणको काम अन्तरगत ४५ महिनामा साततले दरबार र तुलजा भवानी मन्दिरको निमार्ण गर्न लागिएको छ ।
नुवाकोट साततले दरबार परिसदमा दरबार सहित अन्य ५ वटा धार्मिक सम्पदा र ऐतिहासिक सम्पदाको पुन निमार्ण हुने छ । जसमा तुलजा भवानीको मन्दिर, रंगमहल ,लामोपाटी, सेतोपाटी,गादर घर रहेका छन् ।
गादर घर
लामोपाटी
रंगमहल
सेतोपाटी
तुलजा भवानीको मन्दिर
प्रतिक्रिया दिनुहोस्