अन्धकारमय बिदुर नगरपालीका, शान्ती सुरक्षामा चुनौती थपिदै
बिदुर नगरपालीकाले स्थानियको सुरक्षा तथा नगरको सुन्दरतालाई ख्याल गन सकेको छैन ।
जिल्लाको सदरमुकाम बिदुर नुवाकोटका अन्य स्थानिय तह भन्दा भौगोलिकता तथा भौतिक संरचना तथा सेवा सुबिधाको क्षेत्रमा निकै अघि छ । तर स्थानिय तह को नया संरचना सगै जुन गतीमा बिकाश हुनु आबश्यक छ त्यो बिदुर नगरपालीकाले गर्न सकेकै छैन भन्ने स्थानियको गुनासो छ । सडक हिलाम्य र धुलाम्य हुने बिदुर नगरपालीकाका सहायक सडकको अबस्था हरि बिजोग छ । बिदुर नगरपालीका भित्र रहेका मुख्य बजार तथा चोकमा हरेका सिसि टिभी क्यामेरा मर्मतको अभाबमा सुरक्षालाई चुनौती दिदै आइरहेको छ । साथै सडकको जेब्राक्रस खुइलिएको छ । सवारीको चाप र आबश्यकताको आधारमा बनाउनु पर्ने जेब्राक्रस प्रत्येक ६÷६ महिनामा बनाउन आबश्यक छ ,तर नगरको सुन्दरता तथा सुरक्षाको साटो बिदुर नगरपालीका गल्छी ,त्रिशुली मैलुंग स्याफ्रुबेसी सडक आयोजनाको मुख ताकेर बसेको छ , सो सडक कहिले बन्छ आयोजनालाई नै पत्तो छैन । त्यस्तै बिदुर नगरपालीकाका बिभिन्न वडाका स्थानिय बासी तथा पैदल यात्रीलाई साझ बिहान अर्को सुरक्षा चुनौती रहेको गुनासो स्थानियको छ । बिदुर नगरपालीका वडा नं ४ बिदुर छेउका सडक बत्ति केही दिन अगाडि मात्र स्थानियको दवाबमा बनाइयो । बिदुर नगरपालीका वडा नं ४ आपघारीमा पनि लामो समयको अन्तराल पछि बल्ल तल्ल नगरको आखा पुग्यो, तर आपघारी सगै जोडिएको बिदुर नगरपालीका वडा नं ६ इनारपाटीमा भने बिगत १ बर्ष भन्दा लामो समय देखी सडक बत्ति छैन । रातको समयमा पैदल यात्री मर्कामा पर्ने गरेका छन् । स्थानिय बासी समस्यामा छन् । बिदुर नगरपालीका वडा नं ६ इनारपाटीमा एउटै सडक बत्ति बल्दैन ।
प्रतिक्रिया दिनुहोस्