१२ श्रावण २०८१, शनिबार
Logo

विर्तामोडमा रहेको हनुमान कम्ल्पेसमा भीषण आगलागी

img

काठमाडाैं ।  विर्तामोडमा रहेको हनुमान कम्ल्पेसमा भीषण आगलागी भएको छ । आगो नियान्त्रणमा ल्याउने प्रयास जारी रहेको छ ।

७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ ।

मलको तल्लो तलामा आगलागी भइरहेको छ । आगो झन बढ्दै गएकाले क्षति धेरै हुन सक्ने संभावना छ । आगो नियन्त्रणको लागि विर्तामोड नगरपालिकाको दमकल आइसकेको छ । आगो निभाउन स्थानीयसहित सुरक्षाकर्मी खटिरहेका छन् ।

आगलागीका कारण धुवाले भित्र निभाउन पपनि समस्या भइरहेको छ । बजार क्षेत्र समेत धुवाँको कारण अस्तव्यस्त बनिसकेको छ ।

आगलागीको कारण पत्ता लाग्न सकेको छैन । दमकल आइसकेको भए पनि आगजनी कहाँ भएको पत्ता लाग्न सकेको छैन । कम्प्लेक्स भित्रबाट ठुलो धुँवाको मुस्लो आइरहेको छ ।

विस्तृत विवरण आउन बाँकी छ    ।   इ-हुलाकीखबरबाट

प्रतिक्रिया दिनुहोस्