दोषी उपर कारबाहीको लागी छानबिन समिती गठन, मृतक गोमा वस्तीको शिशुको नाममा अक्षयकोष स्थापना गरिने सहमती
बिहीबार तारकेश्वर गाउपालीका वडा नं ५ की गोमा ओस्तीको नुवाकोट जिल्ला अस्पतालको लापरवाहीको कारण उच्च रक्तस्राव भइ मृत्यु भएको थियो । उनको उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लैजादै गर्दा टिचिङ हस्पीटलमा मृत्यु भएको हो । मृत्य भएको गोमाको बिहिबार नै त्रिशुली अस्पताल ल्याइएको थियो ।
मृतकका आफन्तलाई क्षतिपुर्तिको माग गर्दै सडक अवरुद्ध गरेपछि अस्पताल प्रशासन बार्ताको लागी राजी भएको थियो । यती खेर बार्ता सकिएको छ । अब अस्पताल बिकाश समितीले छानबिन गरि आबश्यक कारबाही अगाडी बढाउने बिकाश समितीका अध्यक्ष अजुर्न प्रसाद न्यौपानले बताए ।
बार्तामा अस्पताल प्रशासनले शिशुको नाममा कोष खडा गरि रु ५० हजार राखिदिने ,तारकेश्वर गाउपालीकाले रु एक लाख ५० हजार र बेलकोटगढी नगरपालीकाले पनि सहयोग गर्ने जनाएके छ ।। बिदुर नगरपालीकाले भने हेलीकप्टर चार्ज तिरिदिने भएको छ ।
जिल्ला अस्पताल , गृह मन्त्रालय तथा सरकार गुहार्दा समेत सहयोग नपाएको र अस्पताल प्रशासन तथा सरकारको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै पिडित पक्षले आन्हान गरेको बन्द फिर्ता लिगेका छन् । आज रातमाटे, महादेव फाँट लगायतका स्थानमा काठको मुढा राखि सडक अवरुद्ध गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्