२८ आश्विन २०८१, सोमबार
Logo

रातीको समयमा मिलेमतोमा नदी दोहन,तस्करका ठाउठाउमा सुराकी ,प्रहरी नै शंकाको घेरामा

एक्जाभेटर प्रयोग गरेर तादीखोला र लिखु खोलाको अधिकांश स्थान तथा नुवाकोटको बिभिन्न नदि तथा खोलामा बालुवा झिक्ने कार्य भइरहेको छ । यहाँका नदीबाट बालुवा झिक्न जिल्लामा ६ हजार भन्दा मजदुर खटिएका छन् ।

दुई दर्जनभन्दा बढी एक्काभेटरले राति नदीजन्य पदार्थ झिक्ने र उज्यालो भएपछि ती उपकरण लुकाउने गरेका छन् । प्रदेश सरकारले नदीजन्य पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनाएको कार्य बिधी अनुरुप नदीजन्य पदार्थको संकलन असार साउन र भाद्रमा गर्न नपाइने भनेको छ । ढुंगा, गिटी, बालुवाको उत्खनन् गर्दा एक्काभेटर डोजर लगायतका हेभी औजारको प्रयोग पूर्ण रुपमा बन्देज गर्नुपर्ने भनिएको छ । तर अहिले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यलय नुवाकोट ,प्रहरी कार्यलय नुवाकोट कै मिलेमतोमा तस्करहरु उभो लागी रहेको स्थानीयहरुको भनाई छ । यसै बिचमा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समितीले नुवाकोले यस्तो बिज्ञप्ती जारी गरेको छ

प्रतिक्रिया दिनुहोस्