११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

बालिकालाई कास्की पुर्‍याएर जबर्जस्ती करणी गर्ने शिक्षक पक्राउ

unn.prixa.net

काठमाण्डौ– १४ वर्षीया किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गर्ने एक जना शिक्षकलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ ।

मोरङको विराटनगर घर भइ उदयपुरकाे चौदण्डी नगरपालिका–७ बस्ने म्यारीगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राकेश कुमार कानोडियालाई प्रहरीले पक्राउ गरेको हो ।

शिक्षक कानोडियाले उदयपुर बस्ने १४ वर्षीय एउटी किशोरीलाई कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइड डिहिगोपाटनको द कन्ट्री यार्ड होटलको एउटा कोठामा बन्धक बनाएर राखेका थिए । शिक्षक कानोडियाले ती बालिकासँग भएको मोबाइल फोन नियन्त्रणमा लिएर अभिभावकसँग सम्पर्क गर्न नदिइ बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।

उनले गएको ८ दिनदेखि होटलको कोठामा राखेर बालिकालाई जबर्जस्ती करणीसमेत गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शिक्षक कानोडियालाई पक्राउ गरी थप कारबाही अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्