१ पुष २०८२, मंगलवार
Logo

लोकसेवा आयोगको परीक्षाको बिरुद्दमा सनिबार बिदुरमा बिरोध प्रदर्शन

लोकसेवा आयोगको परीक्षाको बिरुद्दमा सनिबार बिदुरमा बिरोध प्रदर्शन भएको छ । नेपाल आदीवासी माहा संघ नुवाकोट लगायत जिल्ला समन्वयन परिषद नुवाकोट ,आरक्षण बचाऔ आन्दोलनका केन्द्रिय समितीमा आवद्द महिला दलित,अपांग मधेसी मुस्लीम पिछडीएका क्ष्ोत्र तथा समुदायका जिल्ला स्तरिए माहासंघ संगठनहरुको संयुक्त आयोजनामा आज बिदुरमा प्रदर्शन भएको हो ।
संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा बिरोध कार्यक्रम भएको जनजाती काहा संघ नुवाकोटले जनाएके छ । बिदुरको लोक तान्त्रीक चौतारामा भेलाई लाल बाबु पंडित मुर्दावाद, संबिधान प्रद्दत्त समानुपातीक समावेशि सुनिश्चीत गर , बहिष्कृत समुदायका लागी आरक्षण सुनिश्चीत गर, राज्य ब्यबस्था समितीको निर्देशन पालना गर, भन्दै प्रदशर्नकारीले नारा लगाएको थिए ।

प्रतिक्रिया दिनुहोस्