५ चैत्र २०८१, बुधबार
Logo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका गरी ८३ इञ्चार्ज र सह(इञ्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिनु भयो ।

७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यताप्राप्त ६ महानगरका इञ्चार्ज र सह(इञ्चार्जको टुंगो लागेको छ, । श्रेष्ठका अनुसार पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह(इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
कुल ८३ मध्ये ४५ जना पूर्व एमाले तथा ३८ पूर्व माओवादीका तर्फबाट इञ्चार्ज बनेका छन् । नेकपा नुवाकोटको ईन्चार्ज महेन्द्र पाण्डे बनेका छन भने रसुवामा नेत्री बिमला सुवेदी बनेकी छन ।

प्रतिक्रिया दिनुहोस्