१७ मंसिर २०७८, शुक्रबार
Logo
Hotel Yangra Nuwakot Trishuli

त्रिशुलि नदिमा युवकको शव भेटियो

त्रिशुलि नदिमा युवकको शव नुवाकोटको त्रिशुलि नदि किनारमा एक युवकको शव भेटिएको छ । दार्चुला घर भई हाल कन्चनपुर चादनि गाउँपालिमा बसोबास गर्दै आएका ४१ वर्षिय एक युवक त्रिशुलि खोलामा मृतक भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मानसिक सन्तुलन कमजोर भएकाले उपचारका लागि साउन १ गते काठमाण्डौ ल्याईएको शंकर भट्ट कोठा बाट भागेर शुक्रबार बेलकोटगढि नगरपालिका वडा नं ५ केउरीनि स्थित त्रिशुलि नदिमा शव भेटिएको प्रहरीले जनाएको छ । त्रिशुलि नदि किनारमा मृतक अवस्थामा भेटिएको भट्ट शव शुक्रबार दिउँसो ३ बजे भेटे पश्चात तत्कालै घटना स्थलमा प्रहरी चौकि तारुका र जिल्ला प्रहरी कार्यालय नुवाकोट बाट प्रहरी टोलि खटिएको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभएको छ । युवकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्