१२ श्रावण २०८१, शनिबार
Logo

बेल्कोट गढी नगरपालीका वडा नं ५ मा एक ब्यक्ती मृत अबस्थामा फेला

बेल्कोट गढी नगरपालीका वडा नं ५ मा एक ब्यक्ती मृत अबस्थामा फेला परेका छन् । कंचनपुरको चाँदनी गाउपालीका बस्ने अंदाजी ४० बर्षका शंकर भट्टको शव बिहिबार नुवाकोट प्रहरीले बेल्कोटगढी नगरपालीका वडा नं ५ केउरीनिमा फेला पारेको हो । मानसिक संतुलन ठिक नभएका उनलाई कंचनपुरको चाँदनी गाउपालीकाबाट काठमाण्डौ उपचारका लागी ल्याइएको र उपचारको क्रममा भागेर उनी नुवाकोट आइपुगेको नुवाकोट प्रहरीले जनाएको छ । घटनाको बारेका थप अनुसन्धान भैरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्