१२ श्रावण २०८१, शनिबार
Logo

जव हाकिमको जवर्जस्ती पछि आँप टिप्न रूख चढेका न्याैपाने लडेर गम्भीर घाइते

नेपाल विद्युत प्राधिकरण त्रिशुली जलविद्युत केन्द्रका सेक्युरेटी गार्डको रूखबाट लडेर ढाड भाँचिएको छ । असार २४ गते केन्द्रका प्रमुख तारादत्त भट्टले जवर्जस्ती गरेपछि आँप टिप्न रूख चढेका सेक्युरेटी गार्ड भक्तिप्रसाद न्याैपाने लडेर गम्भीर घाइते भएका छन । उनको अवस्था चिन्ताजनक रहेको छ । हाल न्याैपानेको उपचार काठमाडाैँको ग्रिनसिटी अस्पतालमा भैरहेको छ । ५२ वर्षीय न्याैपाने विदुर नगरपालिका वडा नम्बर ८ राइसिङका स्थायी बासिन्दा हुन ।

प्रत्यक्षदर्शीका अनुसार गार्ड न्यौपानेलेले रूच चिप्लो रहेको भन्दै आँप टिप्न अस्वीकार गरेका थिए तर पछि केन्द्रका प्रमुख भट्टले चेतावनीयुक्त निर्देशन दिएपछि उनी रूखमा चढे । रूखमा चढेर आँप टिप्दाटिप्दै उनी चिप्लिए र त्यसपछि भूइँमा बजारिए । त्यसपछि अचेत भएका उनको आजको दिनसम्म होस आएको छैन । आँप खानका निम्ति रूखमा जान निर्देशन दिने हाकिमले उपचारका निम्ति सहयोग पनि नगरेको प्राधिकरणकै अर्का कर्मचारी बताउँछन । स्रोत  ः दैनिकी

प्रतिक्रिया दिनुहोस्