२१ मंसिर २०८१, शुक्रबार
Logo

विदुर नगरपालिका पूर्ण खोप सुनिश्चता नगरपालिका

राजेन्द्र गजुरेल,

स्थानिय स्वामित्व र सहभागिता ,पूर्ण खोप सुनिश्चता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ विदुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चता घोषणा गरिएको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित बाह« स्थानिय तह रहेको नुवाकोटमा विदुर नगरपालिका पूर्ण खोप सुनिश्चता घोषणा हुने पालिकामा ९ औ पालिकाको रुपमा रहेको छ ।
नगर क्षेत्र भित्र लामो समय सम्म क्रियाशिल रुपमा लागि परेका स्वाथ्य स्वयमसेविकाहरु मध्ये ६० वर्ष उमेर पुरा भएका ९ जनालाई नगरपालिकाले सम्मान र विदाई समेत गरेको छ । सम्मानित हुनेहरु लाई सघिंय सासंद नारायण प्रसाद खतिवडाले प्रमाण पत्र, नगद २० हजार सहित दोसल्ला ओडाएर सम्मान तथा विदाई गर्नुभएको हो । साथै नगरपालिकाको १३ वटै वडा कार्यालय,स्वास्थ्य कार्यालय र स्वास्थ्य कर्मिलाई समेत सम्मान गरीएको छ ।
कार्यक्रममा सासंद खतिवडाले ‘समुदायमा सक्रिय रुपमा समाजसेवा गरीरहनुभएका स्वाथ्य स्वयमसेविकाहरुको कार्य सम्माननिय र प्रशंसनिय रहेको बताउनुभएको छ ।’ साथै स्वास्थ्य क्षेत्रमा कार्यरत सबैले आफ्नो काम र कर्तब्य पालना गर्नु पर्ने बताउनुभएको छ । उहाँले सुनिश्चतता घोषण गरेर मात्र नभई अब आउने दिनमा त्यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा जनप्रतिनिधि लगाएत सम्बन्धित निकायले कुनै पार्टिको भावना नराखि निस्वार्थ जनताको पक्षमा समाज सेवि भावनाले काम गर्न निर्देशन दिनुभएको छ ।
‘ हामिलाई नगरपालिकाले गरेको सम्मानले हामिले समाजको लागि गरेको कार्यको मूल्याङ्कन गरेको प्रति सम्मानित हुने विदुर नगरपालिका वडा नं ११ गेर्खुका महिला स्वास्थ्य स्वयमसेविका गंगा कुमारी न्यौपानेले खुसि ब्यक्त गनुभयो ।’
प्रदेससभा सदस्य हिरानाथ खतिवडाले पछिल्लो समय नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै सुधार आएको बताउनुभएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा सुधार आउनुमा गाउँगाउँमा खटिने स्वास्थ्य स्वयम सेविकाको ठूलो भुमिका रहेको उहाले बताउनुभएको छ ।
नुवाकोटका तादि गापा,ककनी गापा,किस्पाङ्ग गापा,पञ्चकन्या गापा,सुर्यगढि गापा,लिखु गापा र बेलकोटगढि नगरपालिका पूर्ण खोप सुनिश्चता घोषणा भईसकेका छन् भने म्यागङ गापा र तारकेश्वर गाउपालिकामा अझै पनि पूर्ण खोप सुनिश्चतता भएको छैन भने शिवपुरी गाउपालिका लाई सोमबार घोषण गर्ने कार्यक्रम रहेको नुवाकोटका खोप प्रमुख अमृत मर्हजनले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्